Logo

भेडीगोठ देखि बाख्राको खोरसम्म छाडेनन् भ्रष्टाचारीले



काठमाडौं, ३ असार । भ्रष्टाचारले हद नाघेपछि नैतिकहीनहरुले भेडीगोठ, बाख्राको खोर देखि पशुको आहारसमेतमा अनियमितता गर्न थालेका छन् । देशलाई भ्रष्टाचारले चुर्लुम्म डुबाएको विषय बाहिर आइरहँदा भेडीगोठ र बाख्राको खोरमा भ्रष्टाचार खुल्यो ।

जुम्लाको भेडीगोठ र बाख्रोको खोर राखिएको फारामको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा लालपूर्जा निकाल्न भूमिका खेल्नेहरुमाथि सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ ।
सरकारी जग्गा कीर्ते गर्न भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक यमुना कुमार श्रेष्ठ, मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गौविन्द प्रसाद न्यौपाने, खरिदार विजय शर्मा न्यौपाने समेतको मिलेमतोमा भएको थियो ।

हरिहर न्यौपाने, मुनिशचन्द्रै न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, पार्वती न्यौपाने, नव ऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, जानकी दत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्र न्यौपाने समेतले जग्गा आफ्नो नाममा पारेका थिए ।

यसैगरी, जग्गा कीर्तेमा बाँके मालपोत कार्यालयको सिंगो सेट नै पक्राऊ प¥यो । २३ कर्मचारी र पाँच विचौलियामाथि अख्तियारले पौने अर्बको बिगोसहित सजाय मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
अभियोग दर्ता गरिएकामा मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा, अशोककुमार भट्टराई,रामकुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मान बहादुर केसी, कम्युटर अपरेटर लक्ष्मी मल्ल, यज्ञश्वर वली, प्रेमबहादुर चन्द ठकुरी, खरिदार भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, सुशिल रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत, कार्यालय सहयोगी सुर्यप्रसाद उपाध्याय, अन्तराम चौधरी, कृष्णप्रसाद ज्ञवाली छन् । कौशल भन्ने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, लेखापढी व्यवसायी वृहस्पती खड्का र पप्पु धोवी छन् ।

उनीहरुले सरकारी कागजात कीर्ते गरी व्यक्तिको नाममा पु¥याएका थिए ।

घूस खानेमा बाल मनोविज्ञ समेत छिन् । पेशी छिटो गराइदिन्छु भन्दै बाल मनोविज्ञ शान्ति देवी अधिकारी १० हजार घुसलिनेवित्तिकै रङ्गेहात पक्राऊ परेकी हुन् । अधिकारी रुपन्देही जिल्ला अदालत बाल इजलासमा कार्यरत छिन् ।



प्रतिक्रिया दिनुहोस्