Logo

गुठी विधेयकले संसदमा तनाव, प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै



काठमाडौं, ३ असार । गुठी विधेयकविरुद्ध सडक संघर्ष चर्किदै जाँदा सदन समेत अवरुद्ध भएको छ । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विशेष सम्बोधन गर्न लाग्दा प्रतिपक्षी सांसदहरुले बोल्नै दिएनन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले रोष्टम घेराऊ गरी प्रधानमन्त्रीलाई रोकेका थिए । उनीहरुले संसदमा नारावाजी गरिरहेपछि संसदको बैठक स्थगित भएको छ ।

गुठी विधेयक फिर्ता लिनुपर्ने मागसहित सडक र सदन दुवै तात्तिएको छ । संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले सिंहदरबास्थित प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारको धारणा सार्वजनिक गर्दैछन् ।

गुठी विधेयक फिर्ता लिन ओलीलाई चौतर्फी दबाब बढिरहेको छ । सत्तारुढ दलकै सांसदहरुले विधेयक फिर्ता लिन भनेपनि ओलीले परिमार्जन गरेर अगाडि बढ्ने तयारी गरिरहेका थिए ।

तस्वीरः मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्