Logo

अष्ट्रेलिया पुगेर दुलहि बनिन श्वेता खड्का (तस्विरसहित)



काठमाडौं, असार ४ । नायिका श्वेता खड्काको जीवनमा निकै उताब चढाब आएको छ । उनले हालै ट्युमरको शल्यक्रिया गराइन् । सफल उपचार पश्चात् उनी अष्ट्रेलियाको एक कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।

श्वेता उनी सविता उप्रेतीको संस्थाद्धारा अटिजम प्रभावित बच्चाहरुप्रति लक्षित विशेष स्कूल भवन निर्माणको सहयोगार्थ एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनर कार्यक्रममा सहभागी भइन् ।

उनले अष्ट्रेलियामा दुलहीको भेषमा फोटो सुट गरेकी छिन् । उनी दुलहीको भेषमा निकै सुन्दरी देखिएकी छिन् । अंकित केसीले खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल जस्तै भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्