Logo

द भ्वाइस अफ नेपाल सिजन २ मा ‘हेराफेरी’



काठमाडौं, असार ४ । नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई जना नयाँ कोच चयन भएका छन्। सिजन २ मा नयाँ कोच गायक राजु लामा र गायिका आस्था राउत चयन भएका हुन् ।

यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभय बारिएसँगै लामा र राउत नयाँ कोचका रुपमा चयन भएका हुन् । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेलले रहने छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा द भ्वाइस अफ नेपाल–२ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सम्मेलनमा जानकारी गराएको थियो । शो शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ



प्रतिक्रिया दिनुहोस्