Logo

तीन सयजनासँग करोडौं ठगेपछि पक्राऊ परे मानवतस्कर



काठमाडौं, ४ असार । उनी आफूलाई सिंगापुरको जहाज संचालन गर्ने कम्पनिसँग सम्बन्ध भएको बताउँथे । क्रुजमा मान्छेलाई पठाउने गरेको भन्थे । अहिलेसम्म सयौंलाई पठाइसकेको छ र उनीहरुले महिनाको एक लाख रुपैयाँसम्म तलब लिने गरेको बताउँथे ।

नुवाकोटका प्रवीन पौडेलले यसरी नै सयौं व्यक्तिसँग पैसा उठाउँदै आएका थिए । प्रत्येक व्यक्तिसँग पाँच लाख असुल्थे । तीन सयजनाभन्दा बढीसँग पैसा असुलेर फरार भए । छ करोड ठगी गरेको उजूरी परेपनि उनले २० करोडभन्दा बढी ठगी गरी लुकीछिपी बस्दै आएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

सयभन्दा बढी व्यक्ति उजूरीमा पुगेपछि उनको खोजी भयो । प्रहरीले ट्रयाक गरी मकवानपुरबाट नियन्त्रणमा लियो ।

छ करोड ठगी गर्ने मानवतस्करलाई प्रहरीले पक्राऊ गरेको छ । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै तीन सय जनाबाट कुल छ करोड असुलेर फरार भएका प्रविन पौडेललाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राऊ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्