Logo

अवैध मुद्रासहित भारतीय नागरिक पक्राऊ



पर्सा, ४ असार । प्रहरीले वीरगञ्जको घण्टाघरबाट अवैध भारतीय रुपैयाँसहित चारजनालाई पक्राऊ गरेको छ । शर्मा मार्केटमा भारतीय रुपैयाँको अवैध कारोबार भइरहेको सूचनाका आधारमा तीन भारतीय र एक नेपाली नागरिकलाई पक्राऊ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत विहार समस्तीपुर बस्ने ४४ वर्षीय सहदेव महतो, ४९ वर्षीय रामचन्द्र महतो, २४ वर्षीय सहदेव कुमार र पर्सा कालिकामाई गाउँपालिका(२ भेडियाही बस्ने ३० वर्षीय कामेश्वर साह कलवार रहेका छन् ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्