Logo

मोर्सीको मृत्यु हो कि हत्या ?



मोहम्मद मोर्सी, इजिप्टको पहिलो लोकतान्त्रिक पद्धतिबाट सत्तामा पुगेका नेता । तर, उनको पतन र निधन दुखान्त बन्यो । १७ जुन २०१९ को क्षण अरब क्षेत्रमै तरंग ल्याउने गरी भएको मोर्सीको रहस्यमय मृत्युले अरबका क्षेत्रीय शक्तिहरुबीचको सम्बन्ध अझ चिसिएको छ ।

टर्कीले मोर्सीको निधनलाई गम्भीरताका साथ लिएको जनाएको छ । उसले घटनालाई हत्या हुनसक्ने प्रतिक्रिया दिएको छ । कतारले घटनाको छाविनको विषय उठाएको छ ।

संयुक्तराष्ट्रसंघले मोर्सीको निधनमा चासो दिएको छ । राष्ट्रसंघले यसबारे छानविन गर्ने भएपछि इजिप्टले प्राकृतिक मृत्युलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाले घटनाको स्वतन्त्र छानविनमा जोड दिएका छन् । यसले इजिप्ट सरकार अप्ठ्यारोमा परेको छ ।

रहस्यमयी निधन
गोपनीयता भङ्ग गरेको अभियोगमा कायरोको अदालतमा पु¥याइएका मोर्सी अदालतको कठघरामै ढलेपछि निधन भएको जनाइएको छ । तर, उनको निधन नभई हत्याको आरोप लगाएको छ मुस्लिम ब्रदरहुडले । उक्त संस्थाका सदस्य मोर्सी इजिप्टमा भएको क्रान्तिपछि सन् २०१२ मा राष्ट्रपति निर्वाचित भएका थिए ।

अरबमा सन् २०११ ताका भएको क्रान्तिको लहरले इजिप्ट समेत मुक्त हुन सकेन । क्रान्तिले लोकतन्त्र स्थापना ग¥यो । तर, इजिप्टमा लोकतन्त्र टिकेन । सत्तामा पुगेको एक वर्षमात्र बितेको थिए मोर्सी । सन् २०१३ मा सैनिक कूमार्फत् सत्ताबाट हटाइए । उनीमाथि राजद्रोहको मुद्दा लगाइयो । अदालती कारबाही अगाडि बढाइयो ।

जेलमा कडा सुरक्षाघेराभित्र राखिएका मोर्सीलाई अदालतको कठघरामा उभ्याइयो । सुनुवाईका क्रममा उनको हृदयघातबाट निधन भएको खबर आयो । तर, उनका समर्थक र शुभचिन्तकहरु मोर्सीको निधन नभई हत्या भएको आरोप लगाइरहेका छन् । छानविनको माग उठिरहेको छ ।

६० वर्षीय मोर्सीलाई सन् २०१५ मा २० वर्षका लागि जेल सजाय सुनाइयो । सन् २०१२ मा सत्ताविरुद्ध उठेको आन्दोलनलाई हिंसापूर्वक दबाएको अभियोग लाग्यो । उनीमाथि गोप्य सूचना चुहाएर विदेशीलाई मद्दत गरेको आरोप लाग्यो ।

कतारसँगको सम्बन्धका कारण मोर्सी तारोमा परेका थिए । अहिले कतारले उनको मृत्युलाई लिएर गम्भीरता देखाएको छ ।

को हुन् मोर्सी
विद्यार्थीकालमै मोर्सी राजनीतिमा सक्रिय थिए । उनले धेरैपछि मात्र मुस्लिम ब्रदरहुडको सदस्यता लिएका थिए । कतारको जर्जटाउन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । आधुनिक इस्लामिक आन्दोलनको गहिरो अध्ययन गरेका थिए मोर्सीले । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधी हासिल गरेका थिए ।

सन् २००० मा होस्नी मुबारक राष्ट्रपति हुँदा संसद सदस्य बने । त्यसपछि उनी भित्र भित्र लोकतन्त्रका लागि सक्रिय भइरहेका थिए । सन् २०११ मा उनले एक प्रमुख इजिप्टेली मोबाइल कम्पनिलाई बहिष्कार गर्ने आन्दोलनको नेतृत्व लिए । जसले उनलाई राजनीतिको उचाईमा पु¥यायो ।

मुस्लिम ब्रदरहुडमा नेतृत्वदायी भूमिका निभाएर उनी सन् २०१२ मा इजिप्टको लोकतान्त्रिक शासनको पहिलो निर्वाचित राष्ट्रपति बन्न सफल भए । प्राज्ञिक व्यक्तित्व मोर्सी राजनीतिमा चुर्लुम्म डुबेका थिएनन् , जसका कारण उनी शुरु देखि नै षड्यन्त्रको चंगुलमा परे । उनी सैनिक कूबाट हटाइएनन् मात्र इजिप्टको लोकतन्त्र पनि खोसियो ।



प्रतिक्रिया दिनुहोस्