Logo

यी हुन् मलेशियाली विमान झार्नेहरु



मलेशियाली विमानमाथि मिसाइल आक्रमण गर्ने चारजनामाथि गम्भीर अपराधको अभियोगमा कारबाही अगाडि बढाइएको छ । रुस र युक्रेनबीचको सीमा क्षेत्रमा सन् २०१४ को जुलाईमा आक्रमण गरी विमान झार्नेमध्ये रुसी नागरिकहरु इगोर गिरकिन, सेर्गेइ डुबिनिस्की र ओलेग पुलाटोभका अलावा युक्रेनी नागरिक लियोनिड खार्चेन्कोमाथि कारबाही अगाडि बढाइएको होे ।

घटनामा अन्यबारे समेत छानविन भइरहेको जनाइएको छ । नेदरल्याण्डको छानविन टोलीले घटनाको सम्पूर्ण अध्ययन गरी उनीहरुलाई मुख्य दोषीका रुपमा पहिचान गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

एमएच १६ विमान नेदरल्याण्डको एम्स्टरडमबाट मलेशियाको क्वालालाम्पुरका लागि उडेको थियो । घटनामा चालक दलका सदस्यसहित दुई सय ९८ जनाको मृत्यु भएको थियो ।

रुस र युक्रेनबीच द्वन्द्व चलेको बखतकोे घटनामा रुसमाथि आरोप लागेको थियो । रुसले आरोपको खण्डन गर्दै आएको छ । विमानमा रुसी मिसाइलले आक्रमण गरिएको अनुसन्धानले देखाएको थियो ।-एजेन्सी, तस्वीरः एरिक टोलरको ट्वीटर



प्रतिक्रिया दिनुहोस्