प्रहरी र विप्लव समूहबीच भिडन्त, सर्लाही इन्चार्ज मारिए


काठमाडौं‌ । सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ।

लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भिडन्त भएको हो। भिडन्तमा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका छन्।