Logo

जाँदा जाँदै पालले गरे सीमा प्रहरी चौकी उद्घाटन



धनुषा, असार ६ । डिआइजी हरिबहादुर पाल विशेष ब्यूरोमा सरुवा भएर फर्कदै गर्दा नेपाल-भारत सीमा प्रहरी चौकीको उद्घाटन गरेका छन् । विशेष ब्यूरोपमा सरुवा भएर फर्कदै गर्दा पालले धनुषाको लग्मा जटहीको कार्यालय तथा ब्यारेक भवन उद्घाटन गरेका हुन् ।

भवनको ११ कोठा रहेको नेपाल प्रहरीले जनाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुख भएर गएका डिइआजी पाल विशेष ब्युरोमा सरुवा भएका छन् । उनको ठाउँमा एउटै ब्याची प्रद्युम्न कार्की गएका छन् ।

पाल नेपाल प्रहरीमा भावी आइजीपीका मुख्य दाबेदार हुन् । हालका आइजीपी सर्वेन्द्र खनालले अवकाश पाएपछि पालसहित शैलेश थापा क्षेत्री र प्रद्युम्न कार्कीबीच आइजीपीका लागि प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्