Logo

सांसद बने आमा छोरा, सफथ ग्रहण समारोहमा जे देखियो



काठमाडौं । भारतीय अभिनेता सनी देवलले भारतको तल्लो सदन लोकसभाको सांसद पदको शपथ लिएका छन् । उनले पञ्जावको गुरदासपुरबाट सांसद पदको शपथ लिएका हुन् । सोमवार देवल सेतो सर्ट र कोटमा देखिएका थिए ।

सोमवार नै उनकी आमा हेमा मालिनीले पनि सांसद पदको शपथ लिएकी छिन् । उनी दोस्रोपटक सांसद बनेकी हुन् । सनी देवल भने पहिलोपटक लोकसभा सांसद बनेका हुन् ।

भारतमा भएको लोकसभा निर्वाचन २०१९ मा सनी देवलले भारतीय जनता पार्टीको तर्फबाट जित हासिल गरेका थिए । अभिनेता देवल पहिलो पटक संसद बनेका छन् । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए । सनी देवलले पञ्जावको गुरदासपुरबाट निर्वाचनमा जित हासिल गरेका हुन् । सनी देवलले कांग्रेसका सुनील जाखडसँग प्रतिस्पर्धा गरेका थिए । यो सिट भाजपाको पारम्परिक सिट मानिन्छ । यसअघि यो सिटमा दिवंगत अभिनेता विनोद खन्ना चुनाव लड्ने गर्थे ।

सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका थिए । विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भएका हुन् ।

उनकी आमा हेमा मालिनीले पनि भाजपाको तर्फबाट जित हासिल गरेकी थिइन् । कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । यूपीकी मथुराको सिटबाट हेमा मालिनीले जित हासिल गरेकी हुन् ।उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

दुवैले जीत हासिल गरे पनि संसद्मा उनीहरु एकैसाथ बस्न भने पाउने छैनन् । संसद्मा एकैसाथ बस्न नपाउनुमा उनीहरुको सम्बन्ध भने कारण होइन । हेमा मलिनी सनी देवलभन्दा सिनियर सांसद् हुन् । सनी देवल पहिलोपटक भारतको संसदका लागि निर्वाचित भएका हुन् । यस्तोमाहेमा मालिनी संसद्को अगाडिको सिटमा बस्नेछिन् । नवनिर्वाचित सांसद् सनी देवल भने पछाडिको सिटमा बस्नेछन् ।

समाचारमा बताइएअनुसार सनी देवलले गुरदासपुरका मानिससँग तथा आफ्नो राजनीतिक दलसँगको छलफलपछि समस्याको सूची तयार पारेर काम सुरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्