Logo

आकाशे पुल बन्यो यौनकर्मीको अखडा



रिपोर्टर्स नेपाल खोज । उपत्यकाका आकाशे पुल यौनकर्मीको अखडा बन्दै गएको छ । विगतमा रत्नपार्क, वीर अस्पताल, सुन्धारा र बालाजु बसपार्कका आकाशे पुल यौनकर्मीको अखडा बन्दै आएकोमा पछिल्लो समय रिङरोडका नयाँ बनेका आकाशे पुलमा यौनकर्मीको बाक्लो उपस्थिति बढेको छ ।

प्रहरीले बालाजु बसपार्क र रत्नपार्क क्षेत्रमा व्यापक धरपकड गर्न थालेपछि यौनकर्मीहरुले अखडा परिवर्तन गरेका छन् । पछिल्लो समय कोटेश्वरको नयाँ आकाशे पुलमा यौनकर्मी बढेका छन् । मुख छोपेका युवतीहरु आकाशे पुलमा निकै ओहोरदोहोर गर्छन् । उनीहरुको यही व्यवहारबाट ग्राहकले यौनकर्मी पत्ता लगाएर मोलमोलाई शुरु गर्छन् ।

कोटेश्वरको आकाशे पुललाई मोलमोलाईको थलो बनाएर यौनकर्मीले नजिकको गेष्ट हाउस लगेर यौन इच्छा पूरा गरिदिन्छनन् । त्यस क्षेत्रमा मोलमोलाईको दृश्य सबैभन्दा बढी दुई बजेपछि देख्न सकिन्छ ।

यौनकर्मीहरु बानेश्वर र बबरमहलबीचको पुलमा पनि देखिन थालेका छन् । साँझको समयमा त्यस क्षेत्रमा मोलमोलाईको दृश्य देख्न सकिन्छ ।
विगतमा ठमेल र दरबारमार्गमा सिमित यौन व्यवसाय पछिल्लो समय अन्यत्र क्षेत्रमा फष्टाएको छ । उपत्यकामा शहरी क्षेत्र फैलदै गएपछि पछिल्लो समय मनोरञ्जनको केन्द्र बनेको अन्य क्षेत्रमा समेत यौनकर्मीहरु देखिनथालेका छन् ।

प्रहरीले यौनकर्मीको गतिविधि आकाशे पुलमा बढेपछि बेला बेलामा कडाई गर्ने गरेको छ । प्रहरी स्वयं बसेर लामो समय पुलमा उभिइरहनबाट रोक्ने गरेपनि यौनकर्मीको सक्रियता घटेन ।

प्रहरीले सादा पोशाकमा यौनकर्मी बनेर ग्राहकलाई पक्राऊ नगरेको होइन । तर, यौन व्यवसाय रोकिएको छैन । शहरका मुख्य केन्द्रमा विभिन्न शैलीमा यौन क्रियाकलाप बढेको बढ्यै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot