Logo

एकाविहानै प्रचण्ड निवासमा बामदेव र सिटौला



prachanda_new_house

काठमाडौं, ६ असार । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज विहानै नेकपाकै प्रभावशाली नेता वामदेव गौतम र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला पुगेका छन् ।

उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ। त्यस्तै, बैठकमा नेता गौतमले प्रचण्डकै नेतृत्वमा सरकार बनाउने कुरा पनि गरेका थिए ।  ओली र प्रचण्डबीच भएको सहमति पूर्ण रुपमा कार्यान्वयन हुनुपर्नेमा वामदेवको जोड थियो । नेकपाका अध्यक्ष प्रचण्ड स्वयमले पनि सहमति पालना हुनुपर्ने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्