Logo

योगासनमा ‘हट’ देखिए बलिउड नायिका देखि सेलिब्रिटी



मल्लिका शेरावतले ‘योगा गर र खुशी बन’ ट्वीट गर्दै विश्व योग दिवसको शुभकामना दिएकी छिन् । बलिउड हुँदै हलिउड पुगेकी शेरावत आकर्षक जिउडालका कारण चर्चित छिन् । उनी योगका प्रेमी हुन् । योग गरिरहेको हट तस्वीर सार्वजनिक गरिरहन्छिन् ।

अर्की नायिका शिल्पा सेट्टी योगा प्रेमी हुन् । उनको आकर्षक जिउडाको राज योगा पनि हो । योगाको लत लागेको छ शिल्पालाई ।
योग दिवस भन्दा बढी चर्चा बलिउडका कलाकारहरुको योगका भिन्न आसनहरुका तस्वीरहरुको भयो । कतिपय तस्वीर भाइरल बने । विश्व योग दिवसका अवसरमा बलिउडका आकर्षक नायिकाहरुको

आसनहरु सामाजक सञ्जालहरुमा देखिए ।  नायिका राकुल प्रीतले योगको आसनसहितको तस्वीर इन्स्टाग्राममा राखेकी छिन् । आष्का गोर्डियाले पनि योगा गरिरहेको तस्वीर इन्स्टाग्राममा राखेकी छिन् । योगाको महत्वबारे समेत उल्लेख गरेकी छिन् । कलाकार सौम्या टण्डनले महिलालाई योगाका लागि प्रोत्साहित गर्ने पोष्ट गर्दै फोटो राखेकी छिन् । जीटीभीका ह्याण्डसम रिहन रोयले पनि योगाको तस्वीर राखेका छन् ।

नौ वर्षकी छोरकी आमा अंगोरी भावीले योगाको बखान गरेकी छिन् । सदावहार उनको योगाको आसनको तस्वीर सामाजिक सञ्जालमा छ । टिभी सेलिब्रिटी सिंभागी जोशीले योगाले मस्तिष्क र आत्मामा शान्ति ल्याउने भन्दै योगा गरिरहेको तस्वीर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्