Logo

माधव नेपालले गरे सरकारको आलोचना



काठमाडौं, ७ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक समृद्धिलेमात्र देश समृद्ध नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा रुपचन्द्र विष्टको २०औं स्मृतिसभामा बोल्दै उनले देश निर्माणको हरेक पाटोमा सरोकारवालाहरुसँग व्यापक छलफल गर्नु आवश्यक रहेको बताए । नेता नेपालले रुपचन्द्र विष्टलाई प्रगतिशील नेताकारुपमा सम्झँदै उनको विचार अनुशरण गर्नसके गतिशील समाज निर्माणमा समय नलाग्ने बताए ।

त्यस्तै नेकपा सांसद रामनारायण बिडारीले थाहा अभियानका अभियन्ता विष्ट जीवित छँदा उनको सिद्धान्तलाई वास्ता नगरिएपनि अहिले उनकै पथ पछ्याउन थालेको अनुभूति भएको बताए ।

कार्यक्रममा व्यवसायी अजेयराज सुमार्गी, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलगायत अरु वक्ताहरुले विष्टलाई सरल, दूरदर्शी, विशिष्ट क्षमता भएको नेताकारुपमा स्मरण गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्