Logo

लक्ष्मीको अनन्यरोदन



गुण्डा लगाई मलाई यस्तो गरे….
रिपोर्टर्स नेपाल विशेष । ‘अब म कहाँ जाऊ कस्लाई अन्याय सुनाऊँ !’ लक्ष्मी कपालीले रुँदै रिपोर्टस नेपाल डट कमसँग भनिन् । प्रहरी, प्रशासन र अदालतबाट पनि आफूले न्याय नपाएको भन्दै अब सँसारसामु आफ्नो वेदना सुनाउन आएको बताइन् ।

आफूहरुको जग्गामाथि आँखा लगाएकाहरुले सडकमा पु¥याउन षड्यन्त्र गरेपछि उजूरीको लागि ढोका ढकढकाउन धाउँदा धेरै जुत्ता फाटिसकेको बताउँछिन् लक्ष्मी कपाली । रुँदा रुँदा आँसु रित्तिइसकेको बताउँछिन् उनी ।

लक्ष्मी कपाली तीन छोरी र दुई छारासहित रोगी पतिको साथमा बस्थिन् । ललितपुरको महालक्ष्मीस्थानमा दुई रोपनी दुई आना जग्गामा बनेको पक्की घर थियो । उक्त घरमा हेल्प नेपाल नामक संस्थाको कार्यालय थियो । २०५८ सालमा हेल्प नेपाल संस्थाको नाममा सूर्यविलास देवकोटा र चन्द्रबहादुर धितालले मानसिक हल्कोहलिकका लागि सुधार केन्द्र खोले ।

घरको माथिल्लो तल्लामा कपाली परिवार बस्थ्यो । धेरैजना छोराछोरी भएपनि सम्पत्तिमा कमी नभएको कपाली दम्पत्तिमाथि विपत्ति आयो ।

के भन्छिन् लक्ष्मी

२०७० साल भाद्र १९ गते दिनको ३ बजे एक अधवैंशे महिलासहित चारजना गुण्डा जस्ता मंगोलियन अनुहारका मानिस समेत मेरो घरमा आई मेरो घरको केठामा लगी थुनी कागजमा सहीछाप नगरे मारिदिने धम्की दिई पहिल्यै तयार गरी ल्याएको कागजहरुमा सहीछाप समेत गराई मलाई र श्रीमानलाई समेत कुटपिट गरी गएका हुन् ।

कुटपिटका बखत श्रीमान् सख्त घाइते हुनुभयो । उहाँको अझै उपचार गराइरहेको छु । हामी प्रहरीमा उजूरीका लागि गयौं । तर, सुनुवाई भएन । उक्त कागजमा पैसा लिएको व्यवहोरा रहेछ । त्यसैको आधारमा उनीहरुले अदालतमा मुद्दा हाले । हाम्रो कुनै सुनुवाई भएन । अदालतले पैसा दिनुपर्ने फैसला गरेपछि पैसा पनि दिन वाध्य भयौं ।

अहिले फेरि हामीमाथि अर्को मुद्दा हालेको छ । चन्द्रबहादुर धितालले ४८ लाख लिएको भनी मुद्दा हालेको छ । विगतमा जर्बजस्ती कागज गराएको त्यस्ता कागज निकालेको निकाल्यै छन् । हामीलाई कुटपिट गरी कागज गराउनेहरुमाथि किन कारबाही गरिदैन ? के यो देशमा न्याय हराएको हो ? के हामी सामान्य नागरिकले सामान्य जीवन जिउनै नपाउने ?

अहिले हामी घर खाली गराउन अदालतको पत्र सहित जाँदा पनि घर खाली गराएका छैनन् । उनीहरुले शक्तिको दुरुपायोग गरिरहेका छन् । जेष्ठ १५ गते घर खाली गर्न अदालतले भन्दा पनि कार्यान्वयन भएको छैन ।

चन्द्रबहादुर धिताल भन्ने रामशरण धितालले आफूहरुलाई गुण्डा लगाई जर्बजस्ती तमसुकमा छाप लगाउन लगाएको बताउँछिन् लक्ष्मी । आफू र पति बालकृष्ण कपाली पढेलेखेको नहुँदा धितालले अन्याय अत्याचार गर्न खोजेको बताइन् ।

अहिले रामशरण धितालले जर्बजस्ती गराएको तमसुक निकाल्दै मुद्दा दायर गरिरहेको बताइन् । उनले प्रश्न गरिन्,‘जर्बजस्ती तमसुक गराउनेले त्यत्रो रकम कसरी निकालेर मलाई दियो ?’ सरकारले धितालको सम्पत्ति छानविन गर्नुपर्ने माग गरिन् । घरभाडा दिन नसक्ने धितालले कसरी त्यत्रो रकम निकाल्न सके ? यसको छानविन हुनुपर्ने माग गरिन् ।

रामशरण धितालको दाबी

रामशरण धितालले पुनरावेदन अदालतमा लक्ष्मी कपाली र बालकृष्ण कपालीले झुटो विवरण पेश गरेको दाबी गरेका थिए । कुनै करकाप कागज नगरेको उल्लेख गरेका छन् । कपाली परिवारले पटक पटक गरी ४८ लाख रुपैयाँ २०६४ कात्तिक २९ मा एकमुष्ठ तमुक गरी लिएको दाबी गरेका छन् । उक्त रकम नतिरेपछि अदालतमा मुद्दा दायर गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्