Logo

अंगरक्षकद्वारा इथियोपियाका सैनिक प्रमुखको हत्या



इथियोपियामा सैनिक प्रमुखको गोली हानी हत्या गरिएको छ । सेनापति जनरल सियरे मेकोनेनको राजधानी अदिस अबाबामा आफ्नै अंगरक्षकबाट गोली हानी हत्या भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार त्यहाँको विद्रोहसँग उनको हत्या जोडिएको छ । इथियोपियाली प्रधानमन्त्री अबी अहमदले जनरल मेकोनेनले देशको उत्तरी अमहारा क्षेत्रमा हुनलागेको कूलाई रोक्न खोजेका थिए ।

सेनापतिसँगै मारिनेमा अर्का जनरल गेजाई अबेरा पनि मारिएका छन् । अंगरक्षकलाई नियन्त्रणमा लिइएको इथियोपियाको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्छिल्लो समय इथियोपियाको अमहारा क्षेत्रमा कू को विषय उठ्दै आएको थियो । त्यहाँका सुरक्षा प्रमुखमाथि कू को आरोप लागेको छ । Photo Source: ETHIOPIA OBSERVER



प्रतिक्रिया दिनुहोस्