Logo

आफ्नै अंगरक्षकबाट मारिएकाहरु



जसले ज्यानको सुरक्षा दिन्छ उसले ज्यान लेला ? सँसारमा नसोचेको यस्ता घटनाहरु भइरहेका छन् । इन्दिरा गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए । सन् १९८४ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई पञ्जाबी मूलका दुई अंगरक्षकले गोली हानी हत्या गरेका थिए ।

कंगोका राष्ट्रपति लाउरेन्ट काबिलालाई पनि अंगरक्षकले हत्या गरेका थिए । कुनैबेला काबिलाको विद्रोही दस्तामा बाल सैनिकका रुपमा रहेका किशोरले गोली हानेका थिए । हत्यापछि बाह्य शक्तिको भूमिकाबारे प्रश्न उठेको थियो ।

इथियोपियाली सेना प्रमुखको आइतबार गोली हानी हत्या गरिएको छ । जनरल सियरा मेकोननको राजधानी अदिस अबाबामा अंगरक्षकले गोली हानी हत्या गरेका हुन् ।

पाकिस्तानको पञ्जाब प्रान्तका गभर्नर सलमान टासिरको अंगरक्षकले हत्या गरेका थिए । सन् २०११ मा बजारमा आफ्नै कारभित्र छिर्न लाग्दा अंगरक्षकले हत्या गरेका थिए । पक्राऊ परेका अंगरक्षकले इस्लामिक कानुन विरोधी क्रियाकलाप गरेकाले हत्या गरेको बयान दिएका थिए ।

कस्को हात

अंगरक्षकबाट मारिएकाहरुको हत्यामा प्रायः ठूलो शक्ति संलग्न रहने गरेको विषय उठ्ने गर्छ । कंगोमा लाउरेनट काबिलाको हत्यामा बाह्य शक्तिको संलग्नताको प्रश्न उठ्यो ।

इन्दिरा गान्धीको हत्यामा दुई अंगरक्षकलाई कसैले आदेश दिएको हुनसक्नेबारे समेत छानविन भयो । यस्ता हत्यामा देशभित्रको आन्तरिक द्वन्द्व मुख्य कारण देखिने गरेको छ । इन्दिराको हत्या पञ्जाबको गोल्डन टेम्पलमा खालिस्तानी विद्रोहीमाथिको कारबाहीलाई कारण मानियो ।

इथियोपियाका सेनापतिको हत्या त्यहाँको आन्तरिक द्वन्द्वसँग जोडिएको बताइदैछ । जातीय समूहबीचको द्वन्द्व र विद्रोहका कारण सेनाभित्र विभाजन आएर हत्याको घटना घटेको हुनसक्नेतर्फ छानविन भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्