Logo

मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने



काठमाडौं, ९ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छन् ।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।केसीले नेपालमा फेरि ज्ञानेन्द्र शाह राजा बन्नेसमेत दाबी गरेका छन् । केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको पनि दाबी गरे ।

नेपालको सामाजिक बनावट र नेपाली नेताको चरित्रअनुसार पनि यो व्यवस्था सुहाउँदो नभएको उनको भनाई छ । ज जसले संघीयतालाई बोकेर हिँडेका छन्, उनीहरुको भित्री मनमापनि यो खासै रुचिको विषय नभएको केसीले टिप्प्णी गरे । नेपाली जनताले चाँडै संघीय व्यवस्था खारेजी गर्न लागेको पनि उनले सनसनीपूर्ण दाबी गरे ।

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई ५ वर्षको लागि जनताले प्रधानमन्त्री चलाउनको लागि मतदान गरेको सुनाउँदै ओलीले पाँचै वर्ष सरकार चलाउन पाउने वा नपाउने भन्ने कुरा नेकपाभित्रको मामिला भएको जनाए ।



प्रतिक्रिया दिनुहोस्