Logo

मोटरसाइकलमा पेस्तोलसहित दुई पक्राऊ



मोरङ, ९ असार । मोटरसाइकलमा पेस्तोलसहित हिंडेका दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ । आइतबार साँझ बेलबारीबाट अशोक राई र कन्सा माझी दुईवटा पेस्तोल, म्याग्जिन र १४ राउन्ड गोलीसहित पक्राऊ परेका हुन् ।

नेपाल प्रहरीका अनुसार चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरुलाई पक्राऊ गरेको हो । दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्