काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले निलम्बित सांसद रेशम चौधरीलाई जेलबाट छुटाउनकोलागि पहल गर्ने विश्वास दिलाएका छन् । काठमाडौैंको वीर अस्पतालमा उपचार गराईरहेका चौधरीलाई भेटेर डा. राउतले यस्तो आश्वासन दिएको स्रोतको दाबी छ ।
साताव्यापी लामो युरोप भ्रमणबाट आज स्वदेश फर्किएलगत्तै राउत विमानस्थलबाट सिधै चौधरीले उपचार गराईरहेको वीर अस्पताल पुगी भेटघाट गरेको कुरा उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।




प्रतिक्रिया