Logo

म्याथ टिचर नै पोर्नस्टार निक्लेपछि…



काठमाडौं, असार १० । विदेशमा पोर्नस्टार हुनुलाई कुनै नौलो कुरा मानिदैन, तर स्कुलमा पढाउने शिक्षक नै पोर्नस्टार भएको रहस्य खुलेपछि भने विद्यार्थीहरु अचम्मित भएका छन् ।

इटालीको राजधानी रोमस्थित सापिएन्जा विश्वविद्यालयमा गणित पढाउने रुगेरो फ्रेडी नाम गरेका प्राध्यापक नै पूर्वपोर्नस्टार कार्लोस मासी भएको थाहा पाएपछि भने विद्यार्थिहरु अहिले आर्चाय चकित छन ।

प्रोफेसर रुगेरोले आफ्नो विगत झल्काउने युवा अवस्थाको बलिष्ठ र सुगठित शरीरयुक्त तस्बिर फेसबुकमा राखेपछि कसैले उनको विगत पत्ता लगाएर रिपोर्टरलाई खबर गरेको न्युज डटकम डट एयूले उल्लेख गरेको छ । तर, उनले आफ्नो विगतलाई कहिल्यै लुकाउन नचाहेको समेत जनाइएको छ ।

प्रोफेसरले नै यसलाई सिक्रेट लाइफ नभएको बताएका छन् । सुरुमा आफू इन्जिनियरिंग क्षेत्रमा काम गर्न चाहेर पनि अवसर नपाएपछि त्यसो गर्न बाध्य भएको उनले उल्लेख गरेका छन । उनलाई अमेरिकामा सोही प्रकृतिका चलचित्रमा काम गर्न अनुरोध आएपछि उनले पैसा कमाउन त्यसो गरेको बताएका छन् ।

उनले आफ्नो विगतबारे खुल्ने र आफ्ना विद्यार्थीले समेत थाहा पाउने पहिले नै आँकलन गरेको समेत बताएका थिए भने उनी आफ्नो दुवै करिअरबाट सन्तुष्ट रहेको समेत बताएका । ‘विश्वले मलाई एकदमै स्मार्ट गे भनेर चिन्छ, यसमा म खुसी छु’ उनले भनेका छन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्