Logo

विकासका कार्यमा अवरोध भए असैह्यः मन्त्री मगर



खानेपानी मन्त्री बिना मगरले विकासका कार्यमा हातेमालो गर्न आग्रह गर्नुभएको छ । बेलौरी नगरपालिकाको चौथो नगरसभामा आज उहाँले विकासका कार्यमा अवरोध भए सैह्य नहुने बताउनुभयो ।

नगर क्षेत्रलाई नमूनाका रुपमा विकास गरेर देखाउने उल्लेख गर्दै उहाँले नगरको दिगो विकासका लागि कटिबद्ध रहेको बताउनुभयो । बेलौरीमा भन्सार नाका खोल्ने, पर्यटकीय गन्तव्यको सूचीमा परेको बन्दताल संरक्षण गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडकको सहज सुविधा पु¥याउने कार्य अगाडि बढेकाले नमूना शहर बनाउने कार्यमा विलम्ब नहुने उहाँले बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी शहरको परिकल्पना बोकेर कार्य अगाडि बढाउने योजना अघि सारेको बताउनुभयो । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । चौथो नगरसभामा नगरउपप्रमुख चित्रकुमारी चौधरीले आव २०७६÷७७ को लागि रु ६० करोड ८५ लाख ९४ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्