Logo

बलात्कारको सेक्सभिडियो बनाउने, देखाउने अनि साथीलाई पठाउने



महिलासँग यौन सम्पर्क गर्ने, सेक्स भिडियो बनाउने अनि साथीहरुलाई देखाउने । महिलामाथि बलात्कार गर्ने अनि साथीहरुलाई त्यसबारे भन्दा मज्जा लिने । बलात्कारको भिडियो बनाएर राख्ने । नाइट क्लबमा कम उमेरका युवतीलाई लागूऔषध सेवन गराएर लठ्ठ पारी पैसावाल मान्छेसँग रकम लिएर बलात्कार गर्न लगाउने । त्यसको भिडियो बनाएर मज्जा लिने ।

यो कुनै सामान्य व्यक्तिहरुको व्यवहार नभई सँसारकै चर्चित ब्यान्ड बिग ब्याङका सदस्य सिउङरीको हो । उनीमाथि यौनकर्मीलाई आफ्नो नाइटक्लब व्यवसायमा प्रयोग गरेर रकम आर्जन गरेको अभियोग लागेको छ ।

बीबीसीका अनुसार दक्षिण कोरियाको विलासी शहर गाङनाममा यौनकाण्डका भयावह भिडियोहरु रेकर्ड गरिएको भेटिएका छन् । ती भिडियोमा महिलामाथि धेरै पुरुषले यौन दुव्र्यवहार गर्ने गरेको र भिडियो एक अर्कालाई आदानप्रदान गर्ने गरेको देखिन्छ ।

सिउङरीका सेलिब्रिटी साथीहरुमाथि पनि यौनभिडियो च्याटमार्फत् आदानप्रदान गरेको बारे समेत छाविन भएको छ । उनीहरुले महिलामाथि गरेको बलात्कारबारे समेत एक अर्कालाई जानकारी गराउँथे । सिउरिङ र उनीहरुसँग नजिक रहेकाले लागूऔषध सेवन देखि बलात्कार सम्म गर्ने गरेको उजूरी बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्