Logo

नखोसियोस् नेपालीको खुशी



रिपोर्टर्स नेपाल विशेष । नेपालीहरुमा खुशी बढ्दैछ । दीगो शान्तिसँगै नागरिक स्वतन्त्रताले आफ्नो जीवनयापनमा आफै विकल्प रोज्न पाउने अधिकारका कारण नेपालीहरुमा खुशी बढेको हो । त्यसैले विगतका वर्षाहरुको तुलनामा नेपाल सँसारको खुशी देशहरुको सूचीमा फड्को मारिरहेको छ ।

पाकिस्तान दक्षिण एशियामा सबैभन्दा खुशी देश हो । उसले ६७ औं स्थान बनाएको छ । त्यसपछि भुटान ९५ र नेपाल १०० औं स्थानमा परेका छन् । भारत १४० औं देशमा परेको छ । उसले अफगानिस्तानलाई मात्र जितेको छ ।

सन् २०१९ को वल्ड हेपिनेश रिपोर्ट अनुसार सँसारका खुशी नागरिकमध्ये नेपाली एक सयौं स्थानमा पर्दछन् । विगत वर्षका तुलनामा नेपालीहरुमा खुशियाली छाएको प्रतिवेदनमा देखिन्छ । वल्र्ड हेपिनेशको सूची अनुसार सन् २०१३ मा १३५ औं स्थानमा रहेको नेपाल सन् २०१७ मा ९९ औं स्थानमा आइपुग्यो । सन् २०१९ को वल्र्ड हेपिनेश इन्डेक्सका अनुसार नेपालले ४.९१३ अंक पाएर १०० औं स्थान बनाएको छ । नेपालमा खुशी छाएको छ ।

खुशीको सूचीहरुमध्ये नेपालको कुल ग्राहस्थ उत्पादनको प्रति व्यक्ति आय कमजोर छ । देशको अवस्था नराम्रो रहेको सूचकमा बढी छ । सरदर आयु देखि सामाजिक साथको सूचक मध्यम छ । उदारदा र सदाशयताको अवस्था मध्यम नै छ । भ्रष्टाचारका कारण पनि नेपाल खुशी मुलुकको सूचीमा तल परेको हो ।

स्वतन्त्रताका कारण जीवनको विकल्प रोज्न पाउने सूचीमा राम्रो अवस्था बनेको छ । नेपालभन्दा आर्थिक रुपमा बलियो रहेपनि अफ्रिकी र मध्यपूर्वका देशहरु कम खुशीको सूचीमा छन् । आर्थिक रुपमा सम्पन्न हुँदैमा खुशी भइदैन । वल्र्ड हेपिनेश इन्डेक्शले यही देखाएको छ ।
नेपालीभन्दा बढी खुशी जनता रहेका देशमा नेपालभन्दा बढी भ्रष्टाचार र अराजकताको अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । इन्डोनेशिया र मिलेशियामा नेपालमा भन्दा बढी भ्रष्टाचार रहेको छ । अलजेरिया र जोर्डनमा नेपालमा भन्दा अवस्था बिग्रेको छ ।

दुःखी हुनुपर्ने खतरा

तानाशाही शासनका कारण खोसिएको खुशी नेपालीले आन्दोलनमार्फत् फर्काएका थिए । तर, एक दशक लामो हिंसाको चपेटामा पर्नुप¥यो । जसले नेपालीलाई निकै दुःखी बनायो । हिंसाका समयमा नेपाल सँसारका दुःखी देशको सूचीमा अगाडि थियो । तर, शान्ति प्रक्रियासँगै खुशियाली छायो । नेपाल सँसारको खुशी देशहरुको सूचीमा माथि उक्लियो ।

अहिले फेरि देशलाई द्वन्द्वमा पुर्याउने षड्यन्त्र भइरहेको छ । हत्या हिंसाका लागि आधार तयार गर्नेहरु खतरा बनेका छन् । यसले कतै नेपालीहरको खुशी फेरि खोस्न सक्छ । बल्ल खुशी देशको सूचीमा एक सयौं स्थानमा पुगेको देश दुःखीको सूचीमा नपुगोस् ।



प्रतिक्रिया दिनुहोस्