Logo

जापानी ओसाकालाई पछि पार्दै बार्टी विश्व नम्बर एक



विश्व नम्बर एक महिला खेलाडीमा अष्ट्रेलियाकी असलिग बार्टीले स्थान बनाएकी छिन् । सोमबार निस्केको नयाँ वरियतामा जापानी खेलाडी नाओमी ओसाकालाई पछि पार्दै बार्टी विश्व नम्बर एक बनेकी हुन् ।

बार्टीले हालैमात्र फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । अमेरिकी ओपनको उपाधि जितेर चर्चामा आएकी ओसाकाको पछिल्लो समय निकै खराब प्रदर्शनका कारण वरियतामा झरेकी हुन् ।

विश्व नम्बर तीनमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभा, चारमा नेदरल्याण्डकी किकि बर्टेन्स र पूर्व विश्व नम्बर एक जर्मनीकी एगेंलिक कर्बर पाँचमा पुगेकी छिन् । पूर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स ११ औं स्थानमा छिन् । चीनकी वाङ कियाङ १५ औं स्थानमा छिन् ।



प्रतिक्रिया दिनुहोस्