Logo

‘फ्रि तिब्बत’ मा सहभागी सांसद निलम्बित



काठमाडौं ११ असार । समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।

समाजवादीले यादवलाई पार्टी नीतिविपरीत लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएकामा कारवाही गरेको हो ।

पार्टी नीतिविपरीत जानकारी नगराई त्यहाँ भएको ‘इन्टरनेसनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएकामा समाजवादीले यादवसँग लिखित स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदाधिकारी बैठकले यादवलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्