Logo

विवाहको सपना बुन्दै गर्दा सुन्दर युवतीको भारतमा मृत्यु भएपछि…..



काठमाडौं, ११ असार । तपाईंलाई यो केटीले असाध्यै माया गर्छे । केटीको फोटो देखाउँदै फेसबुकमार्फत् कल्पना बस्नेतले सन्देश पठाइन् ।
कल्पनाले हरिबहादुर कार्कीको आइडीमा सन्देश पठाउँथिन् । सुन्दर युवतीको फोटो पठाउँथिन् । २४ वर्षीय कार्की मख्ख पर्थे । युवतीसँग विवाहको सपना देखाउँथिन् । केटीले खुबै माया गर्छे भन्दा पत्याउँथे ।

फोनमार्फत् समेत कुराकानी गर्थिन् कल्पना । मीठो सपनामा मन्त्रमुग्ध थिए दुवैबीच कुराकानी भइरहन्थ्यो । एकदिन हरिबहादुर कार्कीलाई कल्पनाको सन्देश आयो–उनलाई मनपराउने भनिएकी केटी दुर्घटनामा परी उपचार गराइरहेकी छिन् । उपचारका लागि भारतमा लानुपर्ने भयो भनेपछि कार्कीले भनेजति पैसा पठाउन थाले । सुन्दर युवतीको ज्यान जोगाउन भनेर आइएमइमार्फत् पटक पटक गरी चार लाख ५५ हजार पठाए ।

एकदिन दुखद खबर पठाइन् कल्पनाले । केटीको उपचारका क्रममा भारतमा मृत्यु भएको सुनाइन् । सुन्दर युवतीसँग विवाह गर्ने सपना देखेका युवक छाँगाबाट खसेजस्तो भए । विस्तारै सामान्य अवस्थामा फर्किए । उनलाई शंका लाग्यो ।

कल्पनाले कतै षड्यन्त्र त गरिनन् ? उनी प्रहरीकोमा उजूरी गर्न पुगे । खोज्दै जाँदा दोलखा घर भई बालकोट बस्ने संगिता भन्ने कल्पना बस्नेत ठग सावित भइन् ।

प्रहरीले कल्पनामाथि छानविन ग¥यो । महानगरीय प्रहरी अपराध महाशाखा टुकेको टोलीले आइतबार पक्राऊ ग¥यो । उनीमाथि ठगीसम्बन्धी कसुरमा छानविन भइरहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्