Logo

लेनिन बिष्टको यूरोपयात्रा, दश जनाविरुद्ध मानवअधिकार उल्लंघनको उजूरी



काठमाडौं, ११ असार । कुनैबेला माओवादी जनसेनामा बालसैनिक रहेका लेनिन बिष्टले तीन महिने यूरोपयात्रामा सशस्त्र द्वन्द्वका समयमा मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै दशजना नेपालीविरुद्ध उजूरी दर्ता गरेका छन् । उनले संयुक्तराष्ट्रसंघको जेनेभास्थित मानवअधिकार परिषद र बेल्जियमस्थित युरोपेली युनीयनको केन्द्रीय कार्यालयमा उजूरी दर्ता गरेका हुन् ।

बिष्टले मानवअधिकार उल्लंघन गर्नेहरुविरुद्ध कानुन अनुसार कारबाहीको माग गर्दै उजूरी दर्ता भएको बताए । उनले भने,‘मैंले उजूरी दर्ता गरेको छु ।’ उजूरी दर्तामा क कस्को नाम समावेश छ भन्नेबारे खुलाउन चाहेनन् । हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भने उनले उजूरी दर्ता नगरिसकेको बुझिएको छ ।

२८ वर्षीय लेनिन विगतमा माओवादी सशस्त्र जनयुद्धका समयमा सैनिकका रुपमा भर्ना हुँदा १२ वर्षका थिए । बालसैनिक प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनको विपरित हुन्छ । लेनिनले बालसैनिकका रुपमा आफूलाई प्रयोग गरिएको विषय देशभित्र र बाहिर पुगी उजागर गर्दै आएका छन् ।

ज्यानको खतरा

लेनिनले मानवअधिकारको हनन गर्नेविरुद्ध उभिएपछि आफूमाथि धम्कीहरु बढ्दै गएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् बढी धम्की आउने गरेको उनको दाबी छ । ‘ज्यान मार्ने धम्की समेत आउँछ,’ लेनिनले भने ।

लेनिनको युरोपयात्रा

तीन महिने युरोपयात्राबाट फर्किएका लेनिन फेरि चर्चामा छन् । उनले युरोपका विभिन्न देशको भ्रमण गरी संसदमा समेत धारणा राखेका थिए ।
युरोपयात्रा निकै फलदायी भएको उनको भनाई छ । तर, लेनिनका विरोधीले उनलाई नियोजित रुपमा उक्साउने र दुरुपयोग गर्ने गरेको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्