Logo

निर्मला हत्याको ११ महिना : आन्दोलन सेलाएसँगै प्रहरी अनुसन्धान पनि सुस्तायो



काठमाडौं १२ असार । कञ्चनपुर, भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भ मै छ ।

प्रहरीका अलग अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले ग¥यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन ।

हत्यारा पत्ता लगाउनुपर्छ भन्ने आन्दोलन भने सेलाएको छ । निर्मलाको हत्यारा पत्ता लगाउन महेन्द्रनगरमा चर्किएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर गतिविधि अध्ययन गर्ने, शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले सबै कोणबाट अनुसन्धान भइरहेको बताए । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्