Logo

भारतीय नागरिकबाट कालो धन बरामद



पर्सा, १२ असार । कालो धनसहित दुई जना वीरगञ्जबाट पक्राऊ परेका छन् । भारतीय नागरिकहरु रञ्जन दास र बाला यादवलाई शंकराचार्य गेटबाट मोटरसाइकल चेकजाँच गर्दा १८ लाख नेपाली रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राऊ गरेको हो ।

मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त पैसा खुट्टामा बाँधी लुकाईछिपाई ल्याएका थिए । उनीहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्