Logo

झ्यालबाट खसिरहेकी बालिकालाई समातेर बचाउने किशोर



युवकले झ्यालमा बालिका देख्छन् । उनी खस्ने हो कि भनेर एकछिन हेर्छन् ।

बालिका खस्छिन् । किशोर हत्तपत्त दौडेर समात्छन् । यो घटना टर्कीको इस्तानबुल शहरको हो ।

दुई वर्षीया बालिका सिरियाली नागरिक दोहा मोहम्मद हुन् । दुई तल्ले घरको झ्यालबाट दोहा खसेकी थिइन् । भाग्यले १७ वर्षीय अल्जेरियाली नागरिक फिउजी जाबाट घर नजिकै बाटोमा थिए । उनले बालिका खस्न लागेको देखेर रोकिए । बालिका खसेपछि समात्न सके ।

घटनामा बालिका सकुशल भइन् । बालिका बचाउने जाबाट चर्चामा छन् । उनको सर्वत्र प्रशंशा भइरहेछ ।



प्रतिक्रिया दिनुहोस्