Logo

ललितानिवास जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार



बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ । अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी हुन् । उनीहरू बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन् । सो जग्गामा मोही खडा गरेर उनीहरूले आफ्नो नाममा ल्याई पछि अरूलाई बिक्री गरेका थिए । यसअघि बुधबार अख्तियारले ८६ जनालाई पनि उपस्थित हुन सूचना प्रकाशन गरेको थियो । यीमध्ये धेरै मोही छन् । यो समाचार आजको नयाँ पत्रिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्