Logo

६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे



वेनी रुनीले ६४ मिटर टाढाबाट गोल गरेर अझै उत्कृष्ट लयमा रहेको प्रमाणित गरेका छन् । अमेरिकाको फुटबल लिगमा बुधबार राति डिसी युनाइटेडका खेलाडी रुनीले ओरलान्डो सिटिमाथि खेलको १० औं मिनेटमा उक्त गोल गरेका हुन् ।

निकै टाढाबाट गरेको प्रहार रोक्न गोलपोष्टभन्दा अगाडि बढेका गोलरक्षकले कुनै मौका पाएनन् । आफ्नो क्षेत्रबाट रुनीले लामो प्रहार गरेका थिए ।

रुनीकै गोल निर्णायक भएपछि उनको सर्वत्र प्रशंशा भएको छ । उक्त गोल ट्वीटरमा पोष्ट गरिएको छ । जसलाई ५० लाखभन्दा बढीले हेरिसकेका छन् ।

३३ वर्षीय रुनी इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी म्यानचेष्टर युनाइटेडमा लामो समय रहेका थिए । इभरटन र वेष्ट ह्याम हुँदै पछिल्लो समय अमेरिकाको लिगमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्