Logo

केन्याको रङ्गिला बारमा नेपाली चेलीको मुजरा नाँच देखि यौनशोषणसम्म



न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ । केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए । उनीहरुलाई नृत्यका लागि भनी पु¥याइएपनि यौन शोषण गरिन्थ्यो ।

१२ जना नेपाली चेली एउटै अर्पाटमेन्टमा राखिए । साँझको ९ बजे बारमा पु¥याइन्थे, विहान ३ बजे फर्काइन्थे । उनीहरु अर्पाटमेन्ट बाहिर जान पाउँदैनथिए । अर्पाटमेन्ट र बार गर्दै उनीहरुको दिन बितिरहेको थियो ।

असिफ जेठाले पाँच वर्षयता चलाएको रङ्गिला बारमा महङ्गो मूल्य तिरेर ग्राहक पस्थे । बारमा यौन शोषण हुन्थ्यो । मिडिया समेत संचालन गर्ने जेठा मानव तस्करको संगठित समूहका नाइके हुन् । सुरक्षा निकायमा समेत उनको प्रभाव भएकाले पक्राऊ गर्न निकै कठिन छ ।

जेठामाथि निकै पछि मानव तस्कर, मानव तस्करको प्रोत्साहन र महिलाको पासपोर्ट कब्जामा लिएकोसहित तीनवटा अभियोग लगाइएको छ ।

कस्तो थियो रङ्गिला

रङ्गिला बारमा पैसावाल र परिचितहरु मात्र प्रवेश पाउँथे । गार्डले चेकजाँच गरेर वृस्तृत बुझेपछि मात्र प्रवेश दिन्थे । बारमा प्रवेशका लागि महङ्गो मूल्य राखिएको थियो । जहाँ यौन शोषण गरिन्थ्यो ।

बारमा महिलाहरुलाई उपनाम दिइन्थ्यो । हरेक रात निश्चित पैसा कमाउनुपर्ने वाध्यात्मक अवस्था बनाइन्थ्यो । असिको उपनामकी संजितालाई मासिक चार लाख नेपाली रुपैयाँ बराबरको केन्याको सिलिङ कमाउनैपर्ने टार्गेट दिइएको थियो ।

बारमा बस्दा नेपाली चेलीहरुको मोबाइल फोन प्रयोग वञ्चित गरिएको थियो । जसरी हुन्छ ग्राहकबाट बढी भन्दा बढी रकम धुत्न लगाइन्थ्यो । हरेक चेलीलाई दैनिक यतिसम्म पैसा उठाउनैपर्ने वाध्यता बनाइएको हुन्थ्यो ।

बारमा काम गरेवापत् हरेक चेलीले मासिक ५५ देखि ९० हजार नेपाली रुपैयाँ दिइन्थ्यो । तर, उनीहरुले १० देखि १५ हजार नेपाली रुपैयाँमात्र हातमा पाउँथे । बाँकी रकम परिवारका नाममा पठाइएको भनिन्थ्यो ।

कसरी लगिए केन्या

विदेश गएर पैसा कमाउने सपना देखेका नेपाली चेलीहरु म्यानपावरका दलालमार्फत् प्रक्रियामा लागे । राम्रो कमाई हुने लोभले नृत्य सिके । फोनकल र स्काइपबाट अन्तवार्ता दिए । उनीहरुको तस्वीर र वृस्तृत विवरण लिएपछि हवाइ टिकट पठाइयो । शुरुमै केही रकम पनि पठाइयो ।

पहिल्यै पैसा पाएपछि लोभ्भिएका चेलीहरु गैरकानुनी बाटो हुँदै केन्या पुगे । उनीहरु टुरिष्ट भीसामा त्यहाँ पु¥याइए । नेपाली चेलीलाई केन्या पु¥याउन नेपाल देखि केन्यासम्मको मानव तस्करको सञ्जाल संलग्न रहेका तथ्य भेटिएको छ ।

केन्याको डेली नेशन पत्रिकामा मोहम्मद अहमद र ब्रियन ओचारोले तयार पारेको खोजी समाचारको सम्पादित अंश । तस्वीरः नेशन मिडिया ग्रुप



प्रतिक्रिया दिनुहोस्