नेताहरुमा पाकेटमारको जति इमानदारिता भएन


असार १३, काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्र नेताहरुविचको मनमुटाव र अन्तरसंघर्षले पार्टी अनिर्णयको बन्दी बन्दै गएको छ । पार्टीका शिर्ष नेतादेखि संसदमा सांसदहरुविच नै मत बाँझिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली थप संकटमा परेका छन । पार्टी एकीकरणको बाँकी काम, पार्टीको राजनितिक प्रतिवेदन लगायतका विषय के हुने भन्ने बारे थप अन्यौल बढेको छ ।

पार्टीका शीर्ष नेताहरुबीच पार्टीको राजनितिक प्रतिवेदनकाबारे नै तिव्र मत बांझिएपछि नेकपाभित्रको विवाद थप सतहमा आएको हो । जसले गर्दा पार्टीको सवै कामकारवाहीमा समेत प्रभावित बनेको छ । सरकार र पार्टीको कामकारवाहीमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्नो स्वीच्छाचारी निर्णय गरेको भन्दै पार्टीका नेताहरु तथा सांसदहरुले संसदमा समेत आलोचना गरेका छन ।

अर्को तर्फ ३ –३ महिनामा बस्नुपर्ने स्थायी समिती बैठक ७ महिना वित्न लाग्दा समेत बस्न सकेको छैन । अर्कोतर्फ पार्टी एकताको काम पनि अधुरै छ । ४४१ केन्द्रिय सदस्यहरुको समेत कार्यविभाजन,पोलिटव्युरो गठन,विभिन्न विभागहरुको नेतृत्व चयन लगायतका काम अलमलमै छ । पार्टी एकीकरण भएको ११ महिना वित्दा समेत केन्द्रिय समिती बैठक एकपटक पनि बस्न सकेको छैन ।

अहिलेसम्म उही सचिवालय बैठक र दुइ नेताविच मात्र बैठक बस्ने गरेको छ । नेकपाभित्र पछिल्लो समय नेताहरुविच पकेटमारहरुसँग जति पनि राजनितिक इमान्दारिता नभएका कारण यस्तो अवस्था आएको राजनितिक विश्लेष्क कमल कोइरालाको तर्क छ ।

प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै विश्लेषक कोइरालालृ नेताहरुको इमानदारिता र अनुशासन माथिल्लो स्तरसम्म नपुगेसम्म समस्या रहिरहने बताए ।

पछिल्लो समय सरकारले ल्याएका विभिन्न विषयका विधेयकहरु क्रमश एकपछि अर्को गर्दै आलोचीत र विवादी बन्दै गएपछि संसदमा समेत नेकपाका सांसदहरु दुइधुब्रमा देखिएका छन । सांसदहरुले प्रश्नउत्तर गर्न खोजेपनि जवाफको लागि प्रधानमन्त्री ओली उपथिस्त समेत हुन छोडेका छन । जसले ओली अहिले पार्टीभित्रै संकटमा परेको भन्ने विश्लेषण हुन थालेको छ ।

नेकपाकै नेताहरुले पार्टी र सरकारविरुद्ध विदेशी शत्तिहरुको चलखेल बढेको कुरा आइरदां अध्यक्ष ओलीकै कारण विदेशी शत्तिहरुले पनि खेल्ने मौका पाएको र पछि पार्टी फुटसम्मको स्थिती आउन सक्ने विश्लेषक कोइरालाको भनाई छ ।
पछिल्लो पटक सरकार तथा पार्टीको निर्णयमा समेत कोही संग छलफल नगरेको भन्दै मन्त्रीहरु समेत अध्यक्ष ओली संग रुष्ट छन । सवैतिरबाट अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर आफ्नै नेता र सांसदहरुबाटै आलोचना हुन थालेपछि केही दिन यता प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओली बालुवाटारमै आफ्ना निकट नेताहरुसंगको परामर्शमा जुटेका छन ।

गत मंसिरमा बसेको स्थायी कमिटि बैठक बसे यता स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । उक्त स्थायी समिति बैठकमा प्रस्तुत भएको पार्टीको राजनितिक प्रतिवेदन अहिले सम्म प्रकाशित हुन सकेको छैन । अहिले राजनितिक प्रतिवेदनमा पार्टीको सिदान्त जबज जनताको बहुदलीय जनबाद की २१ औं शताब्दीको जनताको जनवाद भन्ने विवाद छ ।

उक्त प्रतिवेदनमा अध्यक्ष ओलीले तत्कालिन नेकपाको सिदान्त जबज नै पार्टीको सिदान्त हुने पक्षमा अडिक रहेपछि दुइअध्यक्षविच अहिले तिव्र विवाद चुलिदै गएको छ । २०७५ जेठ ३ गते निर्वाचन आयोगमा समेत बुझाइ सकेको उक्त राजनितिक प्रतिवेदनमा पार्टीको वैचारिक कार्यदिशा जनताको जनवाद हुने मात्रै लेखिएको छ । तर्सथ ओलीले तत्कालिन एमाले अबलम्बन गर्दै आएकोे जवज लाई राख्नुपर्ने र तत्कालिन माओवादीको योगदानलाई समेत समावेश गर्न नचाहेको भन्दै माओवादी पक्ष रुष्ट छन । जसले अहिलेसम्म पार्टीको वैचारिक कार्यदिशा के हो भन्ने बारे प्रष्ट नहुंदा आमकार्यकर्ता तथा नेताहरुमा समेत अन्यौल छ ।