Logo

आईजिपीले गरे सडक सभ्यताको कुरा, ट्राफिक लाईटको व्यवस्था गरिने



काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले आम नागरिकको साथ सहयोगबिना सडक सभ्यतामा अभिवृद्धि साथै दुर्घटना न्युनिकरण सम्भव नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रममा आइजीपी खनालले ट्राफिक प्रहरीले चाहेर मात्र सडक सभ्यतामा अभिवृद्धि ल्याउन नसकिने बताएका हुन् ।

उनले भने, ‘ट्राफिक प्रहरीको हातको इसाराको भरमा हाम्रो सडक जाम कम गर्ने निकै जटिल्छ । त्यसमा पनि आम नागरिकले सहयोग रहेन भने हामी हाम्रो सडक सभ्यताको अभिवृद्धि गर्न सक्दैनौँ ।’ सबै ठाउँमा ट्राफिक लाईट नहुँदा यात्रुसँग सँगै ट्राफिक प्रहरीलाई पनि असहजता हुने भन्दै छिट्टै सबै ठाउँमा ट्राफिक लाईटको व्यवस्था गरिने उनले बताए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्