Logo

के रुसले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ला ?



रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लाग्दै आएका छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकामा छानविन समेत भयो । ट्रम्प र उनी निकटस्थमाथि छानविन समेत भयो ।

के रुसले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ला ? जी २० सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ट्रम्पले हस्तक्षेपलाई ठट्टाको विषय बनाए । उनले औंला ठड्याउँदै भने, “कृपया चुनावमा हस्तक्षेप नगर्नु !”

अमेरिकी खुफिया एजेन्सीहरुले रुसले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको निष्कर्ष निकालेका थिए । साइबर हमला र सामाजिक सञ्जालमा झुटा कथा बुनेर चुनावमा हस्तक्षेप गरेको उल्लेख छ । तर, छानविन कमिटिका रोबर्ट मुलरले ट्रम्पको चुनावी अभियानको टोलीले रुससँग मिलेर षड्यन्त्र गरेको कुनै तथ्य नभेटेको निष्कर्ष निकालेको थियो ।

रुस सँसारभर खुफिया गतिविधिमा प्रभावशाली मानिन्छ । उसले खुफिया एजेन्सीमार्फत् सँसारभर अपत्यारिलो प्रभाव जमाइरहेको विषय उठ्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्