Logo

पुटिनको प्रश्न—उदारताका नाममा मार्न, लुटन् र बलात्कार गर्न पाइन्छ ?



उदार सँसारको नाममा अर्काको अधिकार हनन गर्ने र मान्छे मार्ने सम्मको गतिविधिलाई छुट दिन नसकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अभिव्यक्ति आएको छ । सँसारभर आप्रवासी अधिकारको विषय उठिरहँदा ट्रम्पले त्यसको विरोध गरे ।

जी ट्वेन्टी सम्मेलनका लागि जापान जानुअघि फाइनान्सियल टाइम्स पत्रिकालाई अन्तवार्ता दिदै आप्रवासी अधिकारका नाममा जर्मन चान्सलर एन्जेला मार्कलले मध्यपूर्वका लागि लिएको उदार नीतिलाई गम्भीर गल्ती भने । उदारतालाई बहुसंख्यक पश्चिमी देशहरुले अस्वीकार गरिसकेको र समय परिस्थिति विपरित भएको तर्क गरे ।

उनले प्रश्न गरे के—आप्रवासीले उनीहरुको अधिकारको रक्षाका लागि दण्डहिनतासहित मार्न, लुट्न र बलात्कार गर्न पाउँछन् ? यो कस्तो अधिकार हो ? हरेक अपराध दण्डित हुनुपर्छ ।

पुटिनले परम्परागत मूल्य मान्यताको बचाऊ गरे । उनले भने—उदार विचारभन्दा परम्परागत मूल्य मान्यताहरु स्थिरता र अस्तित्वका लागि निकै महत्वपूर्ण छन् ।

उनले पश्चिमी विश्वले लिएको समलिङ्गीलगायतको नीतिको समेत आलोचना गरे । उदारताका नाममा अतिवादले खति मात्र हुने पुटिनको तर्क थियो । -Photo: cnbc



प्रतिक्रिया दिनुहोस्