Logo

ट्वाइलेटमा भ्रष्टाचार



सुनसरी, १३ असार । मदर्शाको शौचालय निर्माण र छात्रवृत्तिको रकममा हिनामिना भएको छ । इनरुवास्थित ज्याउल हल आधारभूत विद्यालय मदर्शाको रकम हिनामिना गरेको अभियोगमा दुई जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।

अख्तियारका अनुसार विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरीले विद्यालयको शौचालय निर्माा तथा छात्रवृत्तिका लागि प्राप्त गरकममध्ये चार लाख साठी हजार चार सय रुपैयाँ हिनामिना गरेका थिए । उनीहरुमाथि विगो र सजाय दाबी सहित आरोपपत्र दायर गरिएको हो ।

मियाँले लेखापरीक्षण नगराई विद्यालयको स्रेस्टा नष्ट गरेका थिए । अख्तियारले उनीहरुलाई पक्राऊ गरी अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्