Logo

सीमा नाकामा ३० हजार घुस लिने सशस्त्र जवान



काठमाडौं, १३ असार । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिन भनी घुस लिने सशस्त्र प्रहरीका जवानमाथि आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जवान अरुण झालाई तीस हजार घुससहित रङ्गेहात पकाउ परेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

झाले सीमामा रकम उठाएर सामान निकासीमा सहज गरिदिन्थे । उनलाई अख्तियारको बर्दिवासाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्