Logo

जसले ट्रम्पलाई भेट्दिन भनिन् उनैले गोल गरिन्



मेगान रापिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नभेट्ने भनेकी छिन् । अमेरिकी टोलीकी उपकप्तान रोपिनोले अमेरिकाले महिला विश्वकपको उपाधि जितेमा आफू ह्वाइट हाउस नजाने भनिन् ।

रेपिनोको अभिव्यक्तिलगत्तै ट्रम्पले अमेरिकाको झण्डाको सम्मान गर्न भन्दै पहिले विश्वकप जित्नमा ध्यान दिन भने । राष्ट्रपति ट्रम्पसँग भेट्दिन भनेपछि रेपिनो चर्चामा थिइन् । तर, उनै रेपिनोले शनिबार फ्रान्सविरुद्ध दुई गोल गर्दै अमेरिकालाई जारी विश्वकपको सेफिफाइनलमा पुर्याइन् ।

जारी विश्वकपमा उनले पाँच गोल गरिसकेकी छिन् । उनी उत्कृष्ट लयमा छिन् ।

३३ वर्षीया रेपिनोको अन्तिम विश्वकप हुनसक्छ । उनले ट्रम्पप्रति देखाएको बेवास्ताले अमेरिकाभित्र नभई बाहिर समेत चर्चा चलेको छ ।
विश्वकै महाशक्ति राष्ट्रका राष्ट्रपतिलाई भेट्न सँसारका प्रभावशाली व्यक्तिहरु आतुर भइरहँदा रेपिनोले यो हदसम्मको बेवास्ता देखाइन् ।



प्रतिक्रिया दिनुहोस्