Logo

सेफ्टी ट्यांकीले चारको ज्यान लियो



विराटनगर, १४ असार । मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर शनिबार चार जना मजदूरको मृत्यु भएको छ । सनुवर्षी नगरपालिकाको डायनास्थित मस्जिदमा निर्माण भइरहेको सेफ्टी ट्यांकीभित्र पसेकामध्ये चार जनाको उपचारका क्रममा मत्यु भएको हो ।

ट्यांकी भित्र छिरेका फिरोज आलम, ओसिबल आलम, मोहम्मद सहनवाद र कपिल आलम अचेत भएपछि उद्धार गरी अस्पताल लगिएकामा मृत घोषित गरिएका थिए । अचेत भएका दाउद मियाँको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गहिरो र साँघुरो ट्यांकीभित्र पहिलो प्रवेश गर्ने अचेत भएपनि निकाल्न जाने क्रममा बाँकी मजदूर अचेत भएका थिए । उनीहरु निर्माणका क्रममा रहेको ट्यांकीमा पस्दा घटना भएको थियो । प्रहरीले घटनाको छानविन गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्