Logo

कोपा अमेरिकामा ब्राजिल र अर्जेन्जिटाबीच भिडन्त



कोपा अमेरिका फुटबलमा ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल भिडन्न्त हुने भएको छ । विश्व फुटबलका महाशक्ति दुवै टोली आमनेसामने भएपछि सेमिफाइनल रोचक हुने भएको छ ।

ब्राजिलले पाराग्वेमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाले भेनेजुएलामाथि सुन्यका विरुद्ध दुई गोलले जीत दर्ता गरेका हो ।

यसैगरी, चिली पनि कोलम्बियामाथि पेनाल्टी सुटआउटमा जीत निकाल्दै सेमिफाइनलमा पुगेको छ । उसले उरुग्वे र पेरुबीचको विजेता टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।

विश्वका स्टार खेलाडीहरु लयोनल मेसी, सेरगुई अग्वेरो, विलियम्स, काउटिन्हो, एलेक्सी सान्चेज जस्ता खेलाडीहरु सेमिफाइनल भिडन्तमा हुने भएकाले कोपा अमेरिका रोचक बन्दै गएको छ । Photo: goal.com



प्रतिक्रिया दिनुहोस्