Logo

अफ्रिकी फुटबलमा महारथीकै वर्चश्व



विश्व चर्चित स्ट्राइकर मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनले इजिप्टले जारी अफ्रिकी कप अफ नेशनको दोस्रो चरणको यात्रा तय गरेको छ । उसले जिम्बाबे र कंगोमाथि जीत हासिल गरेर दोस्रो चरणको स्थान पक्का गरेको हो ।

नाइजेरियाले पनि आफ्नो दुवै खेलमा जित निकालेको छ । उसले गिनी र बुरुन्डीलाई पराजित गरेको हो । अल्जेरियाले पनि समूहको दुवै खेल जितेको छ । मोरक्कोले आइभोसकोस्टमाथि सनसनीपूर्ण जीत निकालेको छ । दक्षिण अफ्रिका समेत रहेको समूह निकै कठिनमध्येको हो ।

क्यामरुनले पहिलो खेलमा जित निकालेको छ । घानाले बेनिनसँग बराबरी खेलेको छ । अफ्रिकी फुटबलमा सँसारकै हस्ती खेलाडी हुँदा पनि कुनैपनि अफ्रिकी टोलीले हालसम्म विश्वकप जित्न सकेको छैन । Photo: Arabnews



प्रतिक्रिया दिनुहोस्