Logo

अफगानिस्तानले पाकिस्तान र भारतलाई झण्डै स्तब्ध पार्यो



विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तान र भारतलाई झण्डै स्तब्ध पारेको थियो । सबैभन्दा कमजोरी टोली सावित भएपनि उसले पाकिस्तान र भारतविरुद्धको खेलमा स्तरीय प्रदर्शन गर्यो ।

शनिबार भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई जित्न अन्तिम ओभरसम्म खेल्नुपर्यो । हारको नजिक पुगिसकेको पाकिस्तानले अन्तिम समयमा सम्हालिएर खेलेर २२८ रनको लक्ष्य हासिल गरेको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २२७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको पाकिस्तानको खराब प्रदर्शन रह्यो । उसले एक सय रन नबनाउँदै तीन विकेट गुमाएपछि हारको नजिक पुगेको थियो । तर, अन्तिम समयमा सानदार प्रदर्शन गर्दै कठिन जित निकाल्यो । जीतपछि पाकिस्तानको सेमिफाइनलको सम्भावना जिवितै रहेको छ ।

यसअघि अफगानिस्तानले भारतसँगको खेलमा पनि सानदार प्रदर्शन गरेको थियो । भारतविरुद्ध सानदार ब्याटिङ गरेको उसले अन्तिम समयमा सम्हालिन नसक्दा हार व्यहोरेको थियो ।



प्रतिक्रिया दिनुहोस्