Logo

किमको बडीगार्डले अमेरिकी मन्त्रीलाई धकेलेपछि



कम जोङ उन सँसारकै सबैभन्दा बढी सुरक्षा घेरामा राखिने नेतामध्येका हुन् । उनको विदेशयात्रा यति गोप्य राखिन्छ कि कहिलेकाहीं भ्रमण गरेर फर्किएपछि मात्र खुलासा हुन्छ ।

ट्रम्प जहिले पनि ठूलो संख्याका सुरक्षाकर्मीको साथमा हुन्छन् । उनलाई वरिपरिबाट धेरा हालेर मात्र कार्यक्रमहरुमा सहभागी गराइन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको हालसम्मको तीनपटक भेटमा किमलाई कडा सुरक्षा थियो । उनको कारगेट गाडीलाई समेत वडीगार्डहरुले दोडदै सुरक्षा दिएका थिए ।

ट्रम्पसँग शनिबार भएको ऐतिहासिक भेटमा पनि किम सुरक्षा घेरामा थिए । उनका वरिपरि बडीगार्ड थिए । गनेचुनेका मिडियालाई मात्र बोलाइएको भेटका क्रममा किमको सुरक्षाकर्मीले मिडियाप्रति चनाखोपन देखाए ।

टेलिभिजन पत्रकारहरुलाई धकेले । यस क्रममा बडीगार्डहरुले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टेफानी ग्रिस्मालाई समेत धकेले । उत्तर कोरियाली विशेष तालिमप्राप्त बडिगार्डहरुले किमलाई सुरक्षा दिएको दृश्य रोचक थियो ।



प्रतिक्रिया दिनुहोस्