Logo

चीनले भारतसँगको सीमामा जासुसी बेलुन प्रयोग गरेकै हो ?



भारतको सीमा क्षेत्रमा चीनले जासुसी बेलुन प्रयोग गरेको विषयले दुई देशभित्र चर्चाको विषय बन्यो । पूर्वोत्तर भारतसँग जोडिएको इलाकामा चीनले बेलुन प्रयोग गरेको खबर भारतीय सञ्चारमाध्यममा पनि आए ।

चीनको स्वशासित क्षेत्र तिब्बतको दक्षिणपश्चिम पर्ने क्षेत्रमा चीनले बेलुन प्रयोग गरेको स्वीकार गर्यो । तर, ती बेलुन आफ्नै सीमा सुरक्ष र नागरिकका लागि प्रयोग गरेको चीन सरकारले दाबी गरेको छ । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले चीनलाई सीमा क्षेत्रमा निगरानी गर्न बेलुनको आवश्यकता नरहेको उल्लेख छ ।

चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक लि डागुआङले निगरानीका लागि बेलुनको क्षमता सिमित हुने बताएका छन् । भू-उपग्रहले जमिनको स्पष्ट तस्वीर पठाउने हुँदा बेलुन अनावश्यक भइसकेको बताए ।

यसअघि भारतीय पत्रिकाले चीनले तिब्बतबाट उच्च प्रविधियुक्त बेलुनको प्रयोग गरेर भारतमाथि जासुसी गरेको विषय उल्लेख गरेको थियो । बेलुनको प्रयोग तिब्बतको उच्च भागमा निगरानीका लागि प्रयोग गरिएको दाबी गरिएको छ । ती बेलुनहरु टेलिकम्युनिकेशन, मौसम आदिको अध्ययनमा प्रयोग भइरहेको दाबी चीनले गरेको छ । Photo: Defence News



प्रतिक्रिया दिनुहोस्