Logo

केपी ओली पाँच वर्षको प्रधानमन्त्री : सुवास नेम्बाङ (भिडियोसहित)



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्षको लागि प्रधानमन्त्री भएको जिकिर गरेका छन् ।

उनले ओलीले पूरा कार्यकाल नै प्रधानमन्त्री चलाउने दाबी गरेका हुन् । अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालो सरकार चलाउनेबारे विवाद उत्कर्षमा पुगिरहेको बेला ओलीनिकट नेता नेम्बाङले यस्तो दाबी गरेका हुन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेम्वाङले यस्तो बताएका हुन् । त्यस्तै, उनले पार्टीभित्र अहिलेसम्म सरकारको नेतृत्व आलोपालो चलाउने भन्नेबारे कुनै पनि सहमति भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्