Logo

प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा…



प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने युवक पक्राउ परेका छन् । सोल्टीमोडमा सवारी चेकजाँचका क्रममा कारबाही गर्न खोज्दा २५ वर्षीय सुभाष श्रेष्ठले घुस दिन खोजेका हुन् ।

प्रहरीले बा ४ ख ९९८ नम्बरको ट्रक जाँच गर्न खोज्दा ढाला नखोलौं बरु चीया खर्च लिनुहोस् भनी सुभाषले रकम दिन खोजेका थिए । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्